Blog
मेरो परिचय र म कसरी अनलाईन मार्केटिङ्गमा आवद्ध भए ।
मेरो घर रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं. २ मा हो । मैले समाजशास्त्र र ग्रामिण विकासमा स्नातक उतिर्ण गरेको छु । साथै धेरै समय अगाडिबाट मैले मेरो खाली समय कसरी सदुपयोग गर्ने भनेर सोचिरहेको थिए तर केही उपलब्धि भई रहेको थिएन ।
तर आजभन्दा लगभग २ बर्ष अगाडि मैले प्रयोग गरिरहेको फेसबुकमा सुमन राई सरको अनलाईन मार्केटिङ्गसम्बन्धी केहि भिडियो तथा पोष्ट हेर्ने अवसर पाए र मैले सबै भिडियो तथा पोष्टहरु हेरिसकेपछि मैले सुमन सरलाई सम्पर्क गरें र वहाँसंग लामो कुराकानीपछि मलाई लाग्यो कि मेहनत र धैर्यता साथ काम गर्यो भने यो काम बाट पक्कै सफल बन्न सकिन्छ ।
म पनि यो काम गर्न किन नसक्ने भन्ने लाग्यो र मैले धेरै समय पहिलेदेखि अनलाईनमा काम गरेर आम्दानी गर्न सकिन्छ भन्ने त केहि कुरा त जानकारी थियो । र त्यसपछि मैले अनलाईन मार्केटिङ्गसम्बन्धि धेरै कुराहरु गुगलमा खोजी गरें । अनि यो अनलाईन मार्केटिङ्गसम्बन्धि खोजी गर्दै जाँदा गुल्मीका चन्दन कुँवर सरसँग यो काम सम्बन्धी अझै बुझ्नको लागी सम्पर्क गरे र उहाँले मलाई कामको बारेमा सम्पुर्ण कुरा बुझाउनु भयो । फेरि मैले सुमन राई सरसँग सम्पर्क गरें र वहांबाट मैले Pay me Forward मा आवद्ध भएर काम गर्न शुरु गरे । त्यसमा मैले २ वटा प्याकेज Sales गरे ।
अनि मैले फेरि यो काम अलि राम्रोसँग सिक्नको लागी जितेन राई सरसँग सम्पर्क गरेर Easy1up मा आवद्ध भएर तालिम लिए र Easy1up को तालिम पनि मैले सोचेकोभन्दा सजिलो नै रहेछ किनकी यो तालिम नेपाली र अंग्रजी भाषामा थियो र तालिम हामीले घरमा नै बसेर गर्न सकिने र हाम्रो नेपाली भाषामा नै रहेछ र हामीले तालिममा नजानेको कुराहरु समेत फेसबुकको प्राईभेट ग्रुपको सरहरुले अनलाईन मार्फत सहजै रुपमा सिकाउनु हुँदोरहेछ । अहिले म अनलाईन मार्केटिंग सम्बन्धी काम गर्नुका साथै अन्य तालिमहरु समेत लिईरहेको छु ।
यो blogger सम्बन्धी मलाई केही थाहा थिएन र यो पनि यहि तालिमबाट नै सिकेको उपलब्धि हो । यो मेरो नेपाली भाषाको पहिलो लेखन हो किनकी मैले जितेन सरको तालिमबाट नै सिकेर एउटा अंग्रेजी भाषाको Blog पनि लेख्ने गर्छु । त्यो Blog पनि Blogging Tips सम्बन्धि नै रहेको छ ।
र अन्त्यमा तपाईहरुलाई यो मेरो बारेमा सामान्य जानकारी कस्तो लाग्यो र केही ठाउँहरुमा कमि कमजोरीहरु भएको होला माफ गरिदिनुहोला र सल्लाह सुझाव दिई सहयोग पनि गरिदिनुहोला साथै तपाईहरुले मलाई माया गरी मेरो आगामी आउने लेखनहरु समेत पढिदिनु हुनेछ भन्ने आशा गरेको छु र मेरो अनुभवहरु आगामी दिनमा लिएर आउने छु भन्दै बिदा लिन चाहन्छु ।
र अन्त्यमा तपाईहरुलाई यो मेरो बारेमा सामान्य जानकारी कस्तो लाग्यो र केही ठाउँहरुमा कमि कमजोरीहरु भएको होला माफ गरिदिनुहोला र सल्लाह सुझाव दिई सहयोग पनि गरिदिनुहोला साथै तपाईहरुले मलाई माया गरी मेरो आगामी आउने लेखनहरु समेत पढिदिनु हुनेछ भन्ने आशा गरेको छु र मेरो अनुभवहरु आगामी दिनमा लिएर आउने छु भन्दै बिदा लिन चाहन्छु ।
धन्यवाद ।
यदि तपाईहरु पनि यो अनलाईन मार्केटिङ्ग तालिम लिएर आफ्नो व्यवसाय शुरु गर्न चाहनु हुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
फेसबुकमा मलाई म्यासेज गर्नको लागि यहाँ क्लिक गर्नहोस - सन्तोष मैनाली
अनलाईन मार्केटिङ्गसम्बन्धि थप जानकारी लिन चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोस् - https://bit.ly/santosh777
Graphic Design, Video Editing, Web Design र Fiverr तालिमको बारेमा जानकारी लिन यो लिंक मा क्लिक गर्नुहोस् - https://bit.ly/santosh77
Post a Comment
0 Comments