Blog
डिजिटल प्रोडक्ट भनेको के हो ? यसलाई बिक्रि गरेर कसरी आम्दानी गर्न सकिन्छ?
विश्वमा बिभिन्न प्रबिधिको बिकासको क्रमसँगै डिजिटल प्रोडक्टको पनि धेरै उत्पादन तथा प्रयोग भईरहेको छ । यसै सन्दर्भमा प्रायजसो मानिसहरुलाई डिजिटल प्रोडक्ट भनेको के हो भनेर बुझ्दा उनिहरुलाई सामान्य जानकारी पनि नरहेको पाईन्छ ।
आखिर के हो त डिजिटल प्रोडक्ट भनेको ?
सामान्य भाषामा डिजिटल प्रोडक्ट भनेको तपाई हामीले कुनै बस्तुलाई प्रयोग गरिरहेका हुन्छौ तर त्यो बस्तुलाई हामीहरुले छुन, महशुस गर्न सक्दैनौ त्यहि नै डिजिटल प्रोडक्ट हो । जस्तै हामिले कुनै सफ्टवेयर प्रयोग गर्न सक्छौ । ई-बुक प्रयोग गर्छौ । हामी अनलाईनबाट बिभिन्न भिडियोहरु हेर्छौ । यस्तो धेरै हामीले प्रयोग गर्ने बस्तुहरु नेै डिजिटल प्रोडक्ट हुन् ।
डिजिटल प्रविधिबाट प्रयोग गर्न सकिने कुनै पनि वस्तु वा उत्पादनलाई डिजिटल प्रडक्ट भनिन्छ । ति वस्तु वा उत्पादनहरुलाई कुनै पनि ईलोक्ट्रोनिक्स डिभाइसको माध्यमद्वारा अथवा ल्यापटप र मोवाइलबाट चलाउन सकिन्छ अथवा प्रयोग गर्न सकिन्छ । जसमा हामीले सुन्न, हेर्न र पढ्न सकिनु साथै पटक पटक दोहोर्याएर पनि प्रयोग गर्न सकिने हुन्छ ।
उदाहरणको लागि अहिले प्रायजसो मानिसहरुले फिजिकल बुक भन्दा ई–बुकहरु पढ्ने गरेको पाइन्छ । अहिले आफुसँग भएको ट्याबमा किण्डलको एप्स डाउनलोड गरेर हजारौं इ–बुकहरु किनेर पढ्न सकिने प्रविधिहरु आईसकेका छन् । जसलाई हामी डिजिटल बुक भन्न सक्छौं । एमेजोन लगायतका विभिन्न कम्पनीहरुले बजारमा किण्डल ल्याइसकेका छन् ।
अहिले विश्व बजारमा डिजिटल प्रोडक्टको माग धेरै बढिरहेको अवस्थामा विश्वका धेरै कम्पनिहरुले डिजिटल प्रोडक्टको उत्पादन गरिरहेका छन् भने धेरै ब्यक्तिहरुले समेत यसको प्रयोग गरिरहेका छन् । अहिले ईन्टरनेटको कारणले मानिसहरुलाई डिजिटल प्रोडक्ट लिनको लागी धेरै सजिलो समेत भईरहेको छ भने डिजिटल प्रोडक्टलाई लिनको लागी हामीलाई बजारसम्म पुग्नु पर्दैन । हामी निश्चित ठाउँमा बसेर ईन्टरनेटको माध्यमबाट आफुलाई चाहिएको कुनै पनि डिजिटल प्रोडक्ट अर्डर गरी सजिलै यसको प्रयोग गर्न सकिन्छ ।
डिजिटल प्रोडक्टलाई बिक्रि गरेर कसरी आम्दानी गर्न सकिन्छ?
अहिलेको समयमा डिजिटल मार्केटिङ्गको समेत राम्रो सम्भाबना देखिदै आएको छ । डिजिटल मार्केटिङ्गमा सामान उत्पादन गर्ने कम्पनी, डिजिटल मार्केटर र ग्राहकलाई पनि राम्रो फाईदा रहेको छ । त्यसैले अहिले डिजिटल मार्केटरले समेत यसमा काम गरी राम्रो आम्दानी गरिरहेका छन् ।
आजको समयमा ईन्टरनेटको कारणले गर्दा कुनै पनि डिजिटल प्रोडक्टको मार्केटिङ्ग गर्नको लागि एकै कोठा भित्र बसेर कुनै निश्चित क्षेत्रमा मात्र नभई विश्वब्यापी तरिकाले यसको बजारीकरण गर्न सकिन्छ वा सामान बिक्री गर्न सकिन्छ । फिजिकल प्रोडक्ट भन्दा डिजिटल प्रोडक्टको मार्केटिङ्ग गर्न सजिलो र सरल हुनुका साथसाथै आम्दानीको हिसाबले पनि यसमा अधिक कमिसन प्राप्त गर्न सकिन्छ ।
फिजिकल प्रोडक्टमा जस्तो डिजिटल प्रोडक्टमा धेरै कामदारको आवश्यकता, सामान स्टोर गर्नको लागि स्टोरको आवश्यकता, सामान डेलिभर गर्ने झन्झट जस्ता धेरै समस्याहरु हुदैन । हामी एउटा कम्प्युटर वा मोबाइलबाट जुनसुकै ठाऊँमा बसेर डिजिटल प्रोडक्टलाई विश्वको कुनै पनि देशको मानिसलाई बेच्न सकिन्छ भने तपाईको एउटा युजर आईडि र पासवर्डको माध्यमबाट तुरुन्तै सामानलाई डेलिभरी दिन सकिन्छ ।
यसको अर्को राम्रो पक्ष भनेको फिजिकल प्रोडक्टको दाँजोमा डिजिटल प्रोडक्टमा कमिसन धेरै जेनेरेट हुन्छ जबकी कुनै पनि ईलोक्ट्रोनिक्स डिभाइसको माध्यमबाट यसलाई कन्ट्रोल गर्न सकिन्छ ।
के तपाई सिप सिकेर अनलाईनमा काम गर्न चाहनु हुन्छ?
यदि चाहनुहुन्छ भने यस फोटोमा क्लिक गरेर जानकारी लिन सक्नुहुनेछ । 👉
यसरी विश्वमा अहिले उदाईरहेको नयाँ प्रविधीलाइ तपाई हामीले आफु अनुकुल बनाउदै लैजानु अहिलेको आवश्यकता रहेको छ त्यसको साथसाथै चुनौतीहरु पनि उत्तिकै छन् । अझ हाम्रो देशमा त झन् डिजिटल प्रोडक्टप्रति आम मानिसलाई विश्वास दिलाउन निकै नै कठिन रहेको छ । अहिलेको यस्तो चुनौतीपूर्ण समयमा समयको माग र ग्राहकको सन्तुष्टी नै डिजिटल प्रोडक्ट र यसको मार्केटिङ्ग हो भन्ने कुरा अभिप्रेरित गर्न चाहन्छु।
यस डिजिटल प्रोडक्टको बारेमा मैले जानेका केहि कुराहरु तपाईहरु समक्ष राखेको छु । आशा छ, यसबाट केहि न केहि जानकारी पक्कै लिनुभयो । आगामी दिनहरुमा पनि यस्तै जानकारीहरु यस ब्लग मार्फत प्रकाशित गर्दै जाने छु । तपाईहरुको अमुल्य सुझाव र सल्लाहको आशा राख्दै यो लेखलाई यहीं अन्त्य गर्दछु ।
यदि तपाईहरुलाई पनि डिजिटल मार्केटिंग सम्बन्धि र अनलाईनमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तलको लिङ्कमा क्लिक गरेर म्यासेज गर्न सक्नुहुनेछ ।
Message me on Facebook:- Santosh Mainali
Post a Comment
0 Comments